७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न परिवारलाई उन्नत जातका कुखुरा वितरण



अ+ अ-

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ ।

नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० परिवारलाई प्रतिपरिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरिएको बताइएको छ ।

नगरपालिकाभित्र रहेका एकल महिला र विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न ब्ल्याक अष्टोलोप र न्युहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिनुभयो । उहाँले उन्नत जातका कुखुरा व्यवसायबाट प्रत्येक परिवारको जीवन सहज हुने भएकाले कुखुरा वितरण गरेको बताउनुभयो ।

कुखुरा व्यवसायबाट एकल महिला र विपन्न परिवारले कस्तो प्रगति गर्छन् त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ ।

कुखुरा वितरण गरिएपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् । रासस