५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो



अ+ अ-

बेरुत । सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम ९एचटीएस० र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।

बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच हिंसा भडकिएको थियो । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इडलिब विद्रोहीहरुको अन्तिम अखडा पनि हो ।

अब्जरभेटरीका प्रमुख अब्देल रहमानले इडलिब प्रान्तको उत्तर र दक्षिणपूर्वी भेगमा लडाइँ अझ तिब्र भएको बताउनुभयो । उहाँले झडपमा ४८ जनाको मृत्यु भएको पुष्टी भइसकेको बताउनुभयो । मङ्गलबार यो संख्या १९ थियो ।

एचटीएसले विद्रोही समूह नुरेद्दीन अल–जिन्कीले आफ्ना पाँच जना लडाकूको हत्या गरेको आरोप लगाएको छ ।

एचटीएसले जिन्की समूहका दर्जनौं लडाकूलाई गिरफ्तार गरेको जनाएको छ ।

सिरियामा सरकार विरोधी प्रदर्शन सन् २०११ मा भडकिएको थियो । उक्त प्रदर्शनलाई सरकारले निर्ममतापूर्वक दमन गरेको थियो, जसका कारण सिरियामा गृहयुद्ध प्रारम्भ भएको थियो । सिरियामा हाल अनगिन्ती लडाकू समूह सक्रिय छन्, र तिनीहरुलाई विदेशीहरुको पनि साथ सहयोग प्राप्त छ ।

सिरियामा जारी गृहयुद्धमा हालसम्म तीन लाख ६० हजारको मृत्यु भइसकेको छ भने लाखौं सिरियाली विस्थापित भएका छन् ।