५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनीमा डुङ्गा दुर्घटनामा दुईको मृत्यु, तीस बेपत्ता



अ+ अ-

कोनाक्री । गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।

सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।

दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् ।