२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरै सरकार हुदाँ मेलम्चीको पानी पिउन पाइन्छ: प्रधानमन्त्री ओली



अ+ अ-

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रगतिमा सरकारले बढाइरहेको बताएका छन् ।

ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना पनि चिल्लो सडकमा जापानी कार दौडिएजस्तै गरेर अघि बढिरहेको दावी गरे ।

ओलीले भने ‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ ढुक्क हुनुस तपाइले मेरै सरकारहुदाँ मेलम्चीको पानी पिउन पाउनु हुन्छ ।

उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने ।

इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।