७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारम्बार भ्रष्टाचारको चरम विकृतिले राज्य प्रणाली थलियो: विवेकशील साझा



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले वाइडबडी खरिद प्रकरणका दोषीलाई तत्कालै पदबाट मुक्त गर्न माग गरेको छ ।

बिहिबार विवेकशील साझा पार्टिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ , ‘संसदीय छानबिन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारकासँग जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रियामा बारम्बार भ्रष्टाचार हुनुले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतिले थलिएको स्पष्ट देखिएको उल्लेख गरिएको छ ।

यस्तो विकृतिलाई जरैदेखि उखेल्न, आमजनता, नागरिक समाज र राजनीतिक दलले आआफ्नो ठाउँबाट गम्भिर र सार्थक पहल गर्न आवश्यक रहेको विवेकशील साझा पार्टीको भनाइ रहेको छ।