२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण शेयरलाई संस्थापक शेयरमा परिणत गर्न नपाइने



अ+ अ-


काठमाडौँ : नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ ।

बैंकले आज निर्देशन जारी गर्दै एकै बजारमा साधारण शेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुईपटक गरेर संस्थापक शेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरीद, बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिकरुपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वघोषणा विवरण प्राप्त भएको अवस्थामा भने बाँकी रहेका सदस्यले संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । एकपटक सर्वसाधारण शेयरमा परिणत गरेको शेयर पुनःसंस्थापक समूहको शेयरमा परिणत गर्न नपाइने व्यवस्थासमेत निर्देशनमार्फत गरिएको छ ।

संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति वा संस्था कालोसूचीमा रहेको भए निजको शेयर बैंक वा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ ।

संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा दुईपटक मात्रै गर्नसमेत भनिएको छ ।

यस्तै बैंकले कार्यक्षेत्र विस्तार तथा बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने विषयमा समेत आजै निर्देशन जारी गरेको बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।