• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

गोविन्द पराजुलीको अध्यक्षतामा एयरबस खरिदमा जाँचबुझ आयोग गठन



काठमाडौैं । एयरबसकाे वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र अनियमितताका सम्बन्धमा छानविन गर्न सरकारले पूर्व मूख्य न्यायाधीश गाेविन्दप्रसाद पराजुलीकाे अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट सरकारले आयोग बनाएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगका सदस्यहरूमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य रहेका छन् ।

जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ- ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०-२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी विमान भित्र्याएदेखि नै अनियमिताको प्रश्न उठेको थियो तर, सरकारले छानविन गरेन ।

‘लेखा समितिले छानविन गर्नु अगाडि नै सरकारले छानविन गर्नुपर्‍यो’ लेखा समितिका एक सदस्य भन्छन्, ‘उपसमितिले प्रतिवेदन दिइसकेपछि अर्को छानविन किन ? जबकी उपसमितिको प्रतिवेदनबारे लेखा समितिले निर्णय समेत गरेको छैन । भोलि बैठक बोलाइएको छ ।’

संचार मन्त्री बास्काेटाले सार्वजनिक लेखा समितिमा छलफल समेत नगरी उपसमितिले प्रतिवेदन सार्वजनिक गरेकाेप्रति असुन्तुष्टी प्रकट गर्नुभएकाे छ । उहाँले लेखा समितिकाे अध्ययनकै भरमा अहिल्यै पर्यटन मन्त्रीलाइ दाेषी भन्न सकिन्न भन्दै दाेषी देखिए जाेसुकैमाथि कारबाही गर्न सरकार तयार छ भन्नुभयाे ।