२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुम महिला बास्केटबल शनिबारदेखि



अ+ अ-

काठमाडौँ । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

नेशनल क्रिएटिभ को–एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र ९बिएमके० को संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।