• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेसकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरेकी हुन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानविन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने बताइएकी हुन् ।

संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई कार्वाही गर्न सिफारिस गरेको थियो ।