२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छेलाई बोसो लाग्नुको रहस्य यस्तो छ (पुरा पढौँ)



अ+ अ-

केही मान्छे कमजोर भयो वा दुब्लो पातलो भयो भने हामी सामान्य रुपले भन्ने गर्छौं– खानामा क्यालोरी पुगेन जस्तो छ । यसरी, सामान्य भाषामा भन्दा हामी क्यालोरी भनेको शक्ति वा तागत भन्ने बुझ्छौं ।

तर वास्तवमा, के क्यालोरी भनेको शक्ति नै हो त रु सामान्य अर्थमा बुझ्दा वा भन्दा एक किसिमले क्यालोरी भनेको शक्ति नै हो । तर ठोस रुपमा भन्दा क्यालोरी भनेको शक्ति वा ताप नाप्ने इकाईको नाम हो । एक क्यालोरी भनेका एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रड तापक्रममा ल्याउन लाग्ने बराबरको शक्ति हो ।

तपाईको मनमा प्रश्न उठ्न सक्छ , त्यसो हो भने कुराहरुमा चाहिँ किन क्यालोरी शब्दको प्रयोग गरिन्छ त रु वास्तवमा, खटाइएका प्रत्येक खानेकुराहरु हाम्रो पेटभित्र पैदा गर्छ । उदाहरणका लागि, एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ । त्यसैगरी, एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी पैदा गर्छ । एउटा मान्छेलाई एक दिनमा कति क्यालोरी चाहिन्छ रु यो कुरा मान्छेले गर्ने काममा भर पर्छ । एउटा ६८ किलोग्राम तौल भएको मान्छेले केही काम नगरी बस्ने हो भने उसलाई दिनभरीमा १,६८० क्यालोरी चाहिन्छ ।

त्यही मान्छेले सामान्य काम गर्यो भने, ३,३६० क्यालोरी र अलि बढी मेहनत पर्ने काम गर्यो भने उसलाई ६,७२० क्यालोरीको जरुरत पर्छ । त्यसो त मान्छेलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा त्यो व्यक्तिको उमेर, लिंग शरीरको आकार, शारीरिक अवस्था, वातावरणजस्ता कुराहरुमा पनि निर्भर गर्छ । मान्छेले आफूलाई चाहिने भन्दा बढी क्यालोरी लियो भने चाहिँ के होला त ?

मान्छेले आफूलाई चाहिनेभन्दा बढी क्यालोरी लियो भने, त्यसलाई भविष्यमा प्रयोग गर्नको लागि शरीरले संचित गर्न खोज्छ । तर यस क्रममा हाम्रो शरीरले प्रतिदिन चाहिने क्योलोरीको एक तिहाई भाग मात्र संचित गर्न सक्छ । फलतः बढी क्यालोरीहरु बोसोमा परिणत हुन थाल्छ । मान्छेहरुमा बढी बोसो लाग्नुको खास रहस्य पनि यही नै हो । नेपालीमा एउटा उखान छ नि– ‘भात नपचेर बोसो लागेको ।’ के यो उखान ठीक छ त ? माथिको कुरा पढेपछि तपाईँ के भन्नु हुन्छ ?