१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा चलचित्र महोत्सव शुरु



अ+ अ-


बाँके : नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ ।

स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म समावेश गरिएका छन् ।

अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपालगञ्जमा फिल्म महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरता दिने प्रयास गरिरहेको बताउनुभयो । महोत्सवमा सहभागी हुन करीब एक दर्जन निर्देशक, निर्माता सहभागी छन् । काठमाडौँ केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको महोत्सवका निर्देशक प्रदीप पोखरेलले बताउनुभयो ।