२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा चलचित्र महोत्सव शुरु



अ+ अ-


बाँके : नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ ।

स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म समावेश गरिएका छन् ।

अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपालगञ्जमा फिल्म महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरता दिने प्रयास गरिरहेको बताउनुभयो । महोत्सवमा सहभागी हुन करीब एक दर्जन निर्देशक, निर्माता सहभागी छन् । काठमाडौँ केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको महोत्सवका निर्देशक प्रदीप पोखरेलले बताउनुभयो ।