३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

एन्टिबायोटिकको जोखिम

एन्टिबायोटिकको जोखिम
अ+ अ-

डा ढुण्डीराज पाैडेल

काठमाडौँ — प्रथम र दोस्रो विश्वयुद्धका कारण कैयौं एन्टिबायोटिक आविष्कार गरिएका थिए । समयमै निरूपण हुन नसके एन्टिबायोटिकका कारण विश्वयुद्धमा जस्तै अकारण र अकालमा धेरै मानिसको मृत्यु हुने निस्चित छ । 

अन्य विशेषज्ञतामा जस्तै नाक, कान एवं घाँटीको समस्या देखापर्ने बित्तिकै एन्टिबायोटिक अनावश्यक प्रयोग हुने गरेको छ । कडा–कडा एन्टिबायोटिक दुर्गमका समेत निजी औषधि पसल र व्यवसायिकामा समेत पुग्ने गर्छन् ।
घाँटी दुखेर, असजिलो भएर, चिलाएर, निल्न गाह्रो भएर होस् या बोली बस्दा एन्टिबायोटिक सेवन गरिहाल्ने बानी छ । नाक, कान, घाँटी विभागमा घाँटीको समस्या लिएर जचाउन आउने आधाभन्दा बढी बिरामीले प्रतिदिन एक चक्कीको दरले सेवन गर्न मिल्ने ५०० र २५० मिलिग्राम एन्टिबायोटिक एजिथ्रोमाइसिन सेवन गरिसकेका हुन्छन् ।
यो धेरैजसो घाँटी दुखाइमा आवश्यक नपर्ने र विशेष प्रकारको ब्याक्टेरियाको संक्रमणमा प्रभावकारी हुने एन्टिबायोटिक हो । दिनको एक चक्कीका दरले केही दिनमात्रै सेवन गरे पुग्ने यो औषधि दुरुपयोग हुंँदा ड्रग रेसिस्टेन्ट अर्थात औषधि विरुद्ध प्रतिरोध क्षमता विकास हुने गर्छ । यसको अनावश्यक प्रयोगबाट मुटु, कलेजोसम्मलाई असर पुग्छ । सामान्यतयाएक सातामा आफै निको हुने भाइरस संक्रमण रुघाखोकी लाग्ने बित्तिकै एन्टिबायोटिक प्रयोग गर्दा उल्टै हानि पुग्छ ।
एमोक्सिक्लाभ, एमोक्सिसिलिन, क्विनोलिनदेखि विशेष एवं गम्भीर खाले संक्रमणमा प्रयोग गरिने नयाँ एन्टिबायोटिकको समेत दुरुपयोगले चिकित्सा क्षेत्रमा संकट पैदा हुँदैछ । तोकिएको भन्दा कम मात्रा एवं अवधिको अपूरो एवं अधुरो एन्टिबायोटिक प्रयोगले पनि असर पार्छ । घाँटी दुख्ने, खसखस हुने, निल्न गाह्रो हुने, कानतिर दुखाइ सर्ने एवं बोलाइमा अप्ठेरो हुने जस्ता घाँटीसँंग सम्बन्धित समस्यामध्ये केहीमा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । अधिकांश समस्यामा भने एन्टिबायोटिक आवश्यक पर्दैन । घाँटीको समस्या पर्ने बित्तिकै एन्टिबायोटिक सेवन गर्नुभन्दा रोग ठम्याउनु आवश्यक हुन्छ ।
मुखको पछाडिको फ्यारिन्जाइटिस, टन्सिलाइटिस, इपिग्लोटाइटिस, स्वर यन्त्रको ल्यारिन्जाइटिस थाइरोइडको थाइरोइडाइटिस, घाँटीमा गिर्खाहरूको लिम्फाइडिनाइटिसदेखि मांसपेशी एवं विभिन्न ठाउँमा संक्रमण, सुजन पैदा हुनसक्छ । घाँटीमा कुनै वस्तु अड्किँदा पनि दुखाइ र जलन पैदा हुनसक्छ । आमाशयमा खाना पचाउन सहयोग गर्ने अम्लीय पदार्थ फर्केर घाँटीमा जलन भई अप्ठेरो हुनसक्छ ।
सामान्यतया जलन या संक्रमण अल्पकालीन एवं दीर्घकालीन हुन्छन् । अल्पकालीन घाँटीको संक्रमण पनि एन्टिबायोटिक चाहिने र नचाहिने खालका हुन्छन् । विशेषगरी बच्चामा हुने घाँटीको ब्याक्टेरियल संक्रमण जस्तो– टन्सिलाइटिस, इपिग्लोटाइटिस, डिप्थेरिया, कान र पछाडि हड्डीमा समेत दुख्ने र सुन्निने गम्भीर समस्या, घाँटीमा सेतो पिपजस्तो पदार्थ जम्मा भई दुख्ने समस्यामा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
यस्तो अवस्थामा बिरामीलाई भर्ना गरी नसाको माध्यमबाट पनि प्रभावकारी एन्टिबायोटिक चलाउनुपर्छ, नत्र ज्यान जोखिममा पर्न सक्छ । गर्धन मुख्यतया छाला, बोसो, मासु र हड्डीबाट बनेको हुन्छ । गर्धन दुख्दैमा जथाभावी एन्टिबायोटिक सेवन गर्न हँुंदैन । गर्धनको धेरैजसो दुखाइ मांसपेशी या हड्डीका कारण पैदा हुन्छ ।
घाँटी या गर्धनमा उब्जिएको रोगका कारण सिर्जित दुखाइ कानमा सर्न सक्छ । कानको दुखाइ लिएर आउने बिरामीको घाँटी या गर्धनमा समस्या हुनसक्छ । नाक बग्नु, हाछ्युंँ आउनु, बोली धोद्रो हुनु, रुघाखोकीसँंगै घाँटी दुख्नुको कारण भाइरस हो । यसमा एन्टिबायोटिकको कुनै भूमिका रहन्न । रुघाखोकी या भाइरसको संक्रमण हँदा घाँटी दुख्ने, घाँटी रातो हुने र निल्न गाह्रो हुने गर्छ, जुन समस्या सामान्यतया एक सातामा आफै निको हुन्छ । भाइरसकै कारण भाइरलको संक्रमण हँुंदा भिटामिन सी र यथासम्भव पोषिलो खानासहित प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।
रुघाखोकीसँंगै घाँटी दुख्दा अनि मुख र जिब्रोको पछाडि दुईतिर रहेका टन्सिल पनि सामान्यतया रातोमात्रै भई सुन्निँदा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने ब्याक्टेरियाको संक्रमण कारक बनेको हुँदैन । यस्तो संक्रमणको समयमै उपचार नभए ज्यानलाई जोखिममा पार्नसक्ने जटिलता पैदा हुन सक्छन् ।
घाँटी भित्रको जलन अर्थात फ्यारिन्जाइटिस हुँदा पनि दुबैतिरका टन्सिल रातो भई सुन्निएका हुन सक्छन् । यसरी संक्रमण भई एकपटक सुन्निएका टन्सिलको आकार पूर्व अवस्थामा नजाने हुँदा बिरामी र बिरामीका अभिभावक चिन्तित हुने गर्छन् । त्यस्ता टन्सिललाई आवश्यक नपरिकन निकाल्न जोड दिने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले अनावश्यक टन्सिलको शल्यक्रिया रोक्न फाल्नुपर्ने अवस्था तोकिदिएको छ । टन्सिलको आकारमात्रै ठूलो देखेर एन्टिबायोटिक सेवन र शल्यक्रिया गर्नु पर्दैन । घाँटी दुख्यो भन्दैमा धेरै तातो पदार्थ सेवन गर्नुहुन्न, झनै समस्या निम्तिन्छ । बरु तातो र चिसो वस्तु छिटो–छिटो प्रयोग गर्दा किटाणु फस्टाउँछ ।
घाँटी दुख्नुका साथै खकारसहित खोकी लाग्दा एक सातामा सन्चो हुनाको सट्टा बाक्लो सिंगान सहितको खोकी लागे एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुन्छ । घाँटी दुख्दा मुख बाएर भित्रमात्रै होइन, घाँटीलाई बाहिरबाट पनि छाम्नुपर्छ । रुद्र घण्टी या त्यसको मुन्तिर थिच्दा च्वास्स दुख्न गए त्यो थाइरोइडको सुजनका कारण हुनसक्छ ।
यो धेरैजसो भाइरल आफै निको हुने या अन्तरनिहित कारणले सिर्जित हुन्छ । यसमा स्टेरोइड औषधि दिने गरिन्छ । घाँटीमा रहेका अन्य ग्रन्थिहरू (लिम्फनोडहरू) पनि संक्रमण एवं क्यान्सरका कारण दुखाइसहित या दुखाइ बिना पनि सुन्निन सक्छन्, जसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
क्यान्सर या शंका ? आफ्नो पारिवारिक सदस्य, आफन्त या चिनेजानेका कोही व्यक्तिमा घाँटीको क्यान्सर रहेछ भने घाँटीमा अप्ठ्यारो महसुस गर्ने कैयौं व्यक्तिले क्यान्सरको चिन्ता लिने गर्छन् । उनीहरू लामो समयसम्म मनोवैज्ञानिक समस्याले ग्रस्त हुन्छन् र अनावश्यक परीक्षणमा ठूलो धनराशि खर्च गर्छन् ।
दुई साताभन्दा बढी निल्न गाह्रो भए, बोली धोद्रो भए, घाँटी र कानतिर दुखाइ सर्न गए, घाँटीमा गिर्खा या ग्ल्यान्ड बढ्न गए क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । विशेषगरी चुरोट, रक्सी, सुर्तीजन्य, सुपारीजन्य आदि हानिकारक वस्तुका सेवनकर्ता मुख, जिब्रो, घाँटी सम्बन्धी क्यान्सरको सिकार बन्न सक्छन् ।
आणुवंशीय एवं वंशानुगत कारणले पनि सन्ततिहरू थाइरोइड लगायतका क्यान्सरबाट पीडित भइरहेकै छन् । यस्ता जोखिममा रहेका व्यक्तिहरूमा घाँटी दुख्ने, सांँच्चिकै निल्न गाह्रो हुने, स्वर सुक्दै जाने, घाँटीका गिर्खा सुन्निँदै जाने, निको नहुने घाउखटिरा हुने जस्ता लक्षण देखिए पनि क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । (कान्तिपुर दैनिकबाट साभार)


लेखक वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख हुन् ।