२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ शैक्षिक संस्थालाई कृषि तथा वन विज्ञानको अनुमति



अ+ अ-

नवलपरासी : कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय अन्तर्गतको कृषि सङ्काय तर्फ सात र वन सङ्काय तर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो ।

विश्वविद्यालयले निजी क्षेत्रलाई पहिलो पटक स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ । यस अघि सरकारी र आङ्गिक क्याम्पसले मात्र कक्षा सञ्चालन गर्दैआएका थिए ।

रामपुर कृषि क्याम्प्समा पवेश परीक्षा उत्र्तीण गरेपश्चात अनुमति पाएका शैक्षिक संस्थामा एक पटकमा ५० जनासम्म विद्यार्थी अध्ययन गर्न सक्नेछन् ।

पश्चिम नवलपरासीको रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजमा अब कृषि सङ्काय तर्फ स्नातक तहको कक्षा सञ्चालन हुने भएपछि यस क्षेत्रसहित भारतबाट समेत विद्यार्थी अध्ययनका लागि आउने अपेक्षा गरिएको कलेजका सञ्चालन समिति अध्यक्ष प्रेम न्यौपानले जानकारी दिनुभयो ।




भर्खरै