२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउँछौँ : महासङ्घ



अ+ अ-


भक्तपुर, निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ भक्तपुरको यहाँ आज भएको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारको अभियानमा सफल पार्न निर्माण व्यवसायी सदैव अग्रसर रहने उहाँले बताउनुभयो ।

विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमीकमजोरी भएको दाबी गर्दै उहाँले यस्ता कमीकमजोरीलाई हटाएर गुणस्तरीय र तीव्र विकासका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न महासङ्घ सदैव तयार भएको भनाइ राख्नुभयो ।

महासङ्घका अध्यक्ष सिंहले सरकारले निर्माण सामग्रीको आयातमा भएको ‘कार्टेलिङ’को अन्त्य गर्न माग गर्दै यसले निर्माण सामग्रीका मूल्य जथाभावी वृद्धि गर्दा समस्या आएको बताउनुभयो । कारले वृद्धि गरेको करको मारमा व्यवसायी परेको भनाइ राख्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारलाई कर बुझाउनुपर्ने नियम हटाउन सरकारसँग माग गर्नुभयो ।

निर्माणमा ढिलाइ हुनु व्यवसायीको मात्रै कारण नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “सडकमा भएको एउटा रुख काट्नेदेखि विद्युत्को पोल हटाउने प्रक्रिया पूरा गर्न १२ महीना लाग्छ, अनि १८ महीनामा कसरी निर्माण सम्पन्न हुन्छ, झण्झटिलो सरकारी प्रक्रियाको अन्त्य भए निर्माण समयमै सकिन्छ ।”

(रासस)