१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कर्मचारीले व्यक्तिगत इमेल खोल्न नपाउने !



अ+ अ-

काठमाडौ‌ं । तपाई सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । सरकारी इमेल नै खोल्नुपर्छ। तर त्यो इमेल पनि तपाईँको पद, विभाग, मन्त्रालय र सम्बन्धित निकायअनुसारकै हुनेछ।
सरकारी सेवामा प्रवेश गर्ने नयाँ मान्छेले पहिले नै इमेल ठेगाना दर्ता गराउनुपर्नेहुन्छ। सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ को प्रस्तावनामा नै यस्तो व्यवस्था गरिएको छ। उक्त प्रस्तावनामा सरकारी निकायबीच विद्युतीय माध्यम (इमेल) बाट चिठीपत्र, सूचना, निर्णय, कागजात तथा अन्य विवरण आदानप्रदान गरी छिटोछरितो निर्णय गर्न, सेवा प्रवाहमा सहजता ल्याउन, कागजविहीन कार्यालयको उद्देश्य प्राप्त गर्न तथा सरकारी काम कारबाहीको अभिलेख सुरक्षित राख्न आवश्यक भएकाले उक्त निर्देशिका ल्याइएको उल्लेख छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ को अधिकार प्रयोग गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छापिएको मितिदेखि लागू हुने उक्त निर्देशिका, २०७५ साल कार्तिक २६ गते राजपत्रमा प्रकाशित गरेको थियो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।
यसको संयोजन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले गर्ने जिम्मा तोकिएको थियो। उक्त समन्वय समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयका सह–सचिव, सूचना प्रविधि विभागका महानिर्देशक, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखाका सह–सचिव सदस्य रहेको व्यवस्था गरिएको थियो।


उक्त समितिलाई एकीकृत इमेल प्रणाली सञ्चालन गर्न आवश्यक नीति तथा रणनीति बनाउने, सरकारी निकायमा विद्युतीय माध्यमबाट काम कारवाही गर्न सहजीकरण गर्ने, सरकारी निकायहरुमा विद्युतीय उपकरणको पहुँच सुनिश्चित गर्ने, सरकारी कामकाजमा लागि इमेल सञ्चालन कार्यमा आवश्यक समन्वय गर्ने, एकीकृत इमेल प्रणालीसम्बन्धी आवश्यक मापदण्ड तोक्नेलगायतका अधिकार दिइएको थियो।

यसमा उल्लेख भएअनुसार एकीकृत इमेल प्रणालीको बिकास, सञ्चालन तथा मर्मत सम्भारलगायतको व्यवस्थापनको जिम्मेवारी केन्द्रको हुनेछ । एकीकृत इमेल प्रणाली मेल डट नेपाल डट जीओभी डट एन्पी हुनेछ । सरकारको सचिवको इमेलमा सेक्रेटरी एट लेखी मन्त्रालय विभाग वा सम्बन्धित निकाय नामसहित डट जिओभी डट एन पी लेख्नुपर्नेछ। सरकारी निकायमा कार्यरत स्थायी कर्मचारीको नाममा इमेल खोल्दा नामडट एट द रेट जीओभी डट एन्पी वा नामको अगाडिको अक्षरसँगै थर लेख्न सकिने छ।