२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले किन्यो छ महिनामा साढे १० करोडको विद्युत



अ+ अ-

काठमाडौं । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ।
अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो। प्रतियुनिट पाँच रुपैयाँ ५५ पैसाका दरले विद्युत बिक्री गरिएको हो ।
विद्युत बिक्रीबाट कुल १० करोड ४७ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी भएको छ। नेपालमा विद्युतको खपत अत्यन्तै न्यु हुने रातका समयको विद्युत निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवमं विद्युत व्यापार प्रमुख प्रवल अधिकारीले जानकारी दिए।
सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता (पिटिए) ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो। तर, व्यवहारिक रुपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत निर्यात भइरहेको प्रवक्त अधिकारी बताउँछन्। समाचार आर्थिक अभियान दैनिकमा छ ।