२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन कक्षा पास गरेकोमा १८ हजार ६ सय भत्ता



अ+ अ-

काठमाडौं । कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ।
कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको छ। प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो।
यस वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। कक्षा तीन पास गरेका आक्रोश माझी, सीता माझी, निमा माझी, कृष्ण माझी र अञ्जना माझीले गते असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन्। भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित आउने गरेका छन।




भर्खरै