• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

यी हुन् पूर्व एमालेका मनकारी सांसद, यिनले गरे यस्तो काम



काठमाडौं । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चुलीमा छ । तर, गण्डकी प्रदेशका दुई सांसदले भने आफूले बुझ्ने तलबभत्तासमेत सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

कास्की क्षेत्र नम्बर ३ प्रदेश (ख) बाट निर्वाचित सांसद राजीव पहारीले प्राप्त सबै तलबभत्ता सामाजिक सेवामा खर्चेका हुन् । दुवै सांसदले पारिश्रमिक र भत्तामा केही रकम थप गरी समाजसेवामा लगाएको बताएका छन् ।

सांसद पहारीले ११ महिनाको तलब सामाजिक कार्यमा खर्चिएको बताएका छन् । उनले खर्च गरेको विवरण नै सार्वजनिक गरेका छन् । पहारी तत्कालीन एमालेका तर्फबाट निर्वाचित सांसद हुन्।

पहारीले कहाँ कति खर्च गरे ?

सांसद राजीव पहारीले ११ महिनामा प्राप्त गरेको तलबभत्ताबाट प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका छन् ।

उनले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजारबराबरको युरोगार्ड सहयोग गरेका छन् । उनले पत्रकार महासंघ कास्कीलाई समेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।

शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सांसद पहारीले सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभूत, सिद्धवराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एकरएक थान युरोगार्ड हस्तान्तरण गरेका छन् । नयाँ पत्रिका दैनिकबाट