२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताहरु एकाएक काठमाडौंमा…



अ+ अ-

काठमाडौं । महासमिति बैठकबाट पारित विभिन्न पाँचवटा प्रस्ताव र प्रतिवेदनलाई परिमार्जन गरी अन्तिम रूप दिन कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ । यसअघि पुस मसान्तभित्रै बैठक राख्ने तयारी भए पनि १० माघमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव, कोषाध्यक्षको प्रतिवेदनले परिमार्जनसहित अन्तिम रूप पाउनेछ । सामान्य परिमार्जन हुने भए पनि केन्द्रीय समितिले आधारभूत विषयलाई नबदल्ने समहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेताहरूको व्यस्तताले बैठकमा ढिलाइ
महासमिति समापन हुँदा ७ पुसमा नेता रामचन्द्र पौडेलले १६ पुसदेखि नै सदस्यता अभियान चलाउनुपर्ने माग गरेका थिए । तर, महासमितिका प्रस्तावलाई अन्तिम रूप दिने बैठक १० माघमा मात्रै बस्ने भएको छ । नेताहरूको व्यवस्ताले बैठक बस्न केही ढिलो हुने भएको महतले बताए । ‘पुस २५–२६ गतेतिर बसेर महासमितिबाट पारित पाँचवटा प्रस्ताव र प्रतिवेदनलाई सामान्य परिमार्जन गर्ने तयारी थियो,’ महतले भने, ‘सभापतिको पनि केही दिन कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइराला पनिकेही दिन बाहिर जानुपर्ने भएकाले १० माघमा बैठक गर्ने तयारी भएको हो ।’

पार्टी जागरण र सदस्यता अभियान
केन्द्रीय समिति बैठकबाट नयाँ सदस्यता अभियान र पार्टी जागरणका कार्यक्रम ल्याउने तयारी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।