इलाम । इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बन्नुभएको छ ।
अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो ।
प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाउनुभएको थियो ।
सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ ।
सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक/एकजना निर्वाचित हुनुभएको छ । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम र खड्का समूहका निरोज खड्गी विजयी हुनुभएको हो ।
सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी बन्नुभयो । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।