२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईका राजकुमारलाई पाकिस्तानमा राताे कार्पेट



अ+ अ-

इस्लामाबाद: पाकिस्तान सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहमद बीन जायद अल–नाहयानलाई इस्लामाबादमा भव्य स्वागत गरेको छ । पाकिस्तानको कमजोर अर्थतन्त्रलाई मद्दत गर्न युएईले हालै मात्र तीन अर्ब अमेरिकी डलर उपलब्ध गराएको थियो ।

प्रधानमन्त्री इमरान खानले राजकुमार अल–नाहयानलाई पाकिस्तान हवाई अखडामै पुगेर स्वागत गर्नुभएको थियो । पाकिस्तानी सशस्त्र सैन्यबलको एक टुकडीले राजकुमारलाई सम्मान गारद अर्पण गरेको थियो ।

संयुक्त अरब इमिरेट्स मध्यपूर्वका मुलुकमा पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीकर्ता मुलुक हो । राजकुमारको भ्रमणअघि पाकिस्तानको विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा कामको सिलसिलामा युएईमा १५ लाखभन्दा बढी पाकिस्तानीहरु रहेको उल्लेख छ ।

युएईको सुरक्षा फौजका उपप्रमुख समेत रहेका अल–नाहयानले प्रधानमन्त्री खानसँग सामूहिक र अलग भेटवार्ता गर्नुहुने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युएईले गत डिसेम्बरमा पाकिस्तानको मौद्रिक “तरलता सुदृढ” गर्न पाकिस्तानी केन्द्रीय बैंकमा ३ अर्ब अमेरिकी डलर निक्षेप राखेको थियो । तरलता अभावकै कारण पाकिस्तानको भुक्तानी सन्तुलनमा सङ्कट उत्पन्न भएको थियो ।

गत नोभेम्बरको अन्त्यमा पाकिस्तानी मुद्रा रुपीमा झण्डै पाँच प्रतिशतले गिरावट आएको थियो । यही कारण गत वर्ष पाकिस्तानको केन्द्रीय बैंकले छैटौं पटक रुपीको अवमूल्यन गर्नुपरेको थियो ।

पाकिस्तानले साउदी अरेबियाबाट पनि ६ अर्ब डलर प्राप्त गरेको छ । इस्लामाबादले महत्वाकाँक्षी पूर्वाधार परियोजनाका लागि चिनीया ऋण बापत अर्बौं डलर प्राप्त गरिसकेको छ ।

गत वर्ष नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरी अर्थतन्त्र सुधारका बारेमा वार्ता गरे पनि कुनै सम्झौता हुन सकेको थिएन ।