• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

सभामुखलाई गगन थापाको प्रश्न- तपाईँ सभामुख कि नेकपा सदस्य ?




काठमाडौँ । कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएपछि संसदमा सभामुखमााथि खनिएका छन् । उनले पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप सभामुख कृष्णबहादुर महरालाई लगाएका छन् । सभामुख महराले एकजना सम्मानित सभामुख होइन कि पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएको उनले बताए । सभामुख नेकपाको सदस्य भएपछि आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ ।
‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो, यस्तो मान्छे सभामुख हुन सक्दैन, उहाँले नेकपाको सदस्यजस्तो व्यवहार प्रदर्शन गर्नुभयो । उहाँ सभामुख हो कि पार्टी सदस्य उनले सोधे । कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गरेका थिए । सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए । प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गरेकोमा काँग्रेसले त्यसमा प्रश्न गर्न समय मागेको थियो । तर सभामुखले समय दिएनन् ।
काँग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसदमा आफूहरुको विरोध जारी रहने नेता थापाले स्पष्ट पारे । आजको बैठक काँग्रेसको अवरोधका कारण रोकिएको थियो ।