१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः इलाम जिल्ला सभापतिमा खड्का विजयी



अ+ अ-

इलाम । इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बन्नुभएको छ । 

अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । 

प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाउनुभएको थियो ।
    
सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ ।

सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक/एकजना निर्वाचित हुनुभएको छ । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम  र खड्का समूहका  निरोज खड्गी  विजयी हुनुभएको हो । 
    
सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी बन्नुभयो । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र  छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।