१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी काठमाडौंवाट बाहिरीयो यस्तो सनसनिपुर्ण खुलासा, सरोकारवाला निकाय मौन



अ+ अ-

काठमाडौं । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ।

काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो। अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणिक रहेको बताए। कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा ब्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो। कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन्।

१५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ। आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहडमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ । भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हुँदै उनीहरू डिस्कोसम्म पुग्छन्।

यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अबैध र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाकोे बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ। यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ।