• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली

यसरी झुक्यो ओली सरकार, मेलम्ची ठेकेदारको धरौटी फिर्ता



काठमाडौं । खानेपानी मन्त्रलयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये आठ वटा फिर्तागर्ने भएको छ।

मन्त्रलायलये इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहरुक अरु फिर्ता गर्ने जनाएको छ। फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी, रिटेन्सन, पर्फमेन्स बन्ड, अन डिमान्ड बन्डलगायत नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ।

मन्त्रालयले यी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार उच्च अदालत पुगेको थियो । अदालतले सरकारलाई ती धरौटी रोक्का राख्न आदेश दिएको थियो। आदेशपछि मन्त्रालयले धमाधम धरौटी जफतको प्रक्रिया अघि बढाएको थियो। खबर अन्नपूर्ण दैनिकमा खबर छ ।

मन्त्रालय स्रोतका अनुसार सीएमसीका प्रमुख कार्यकारी अधिकृत पउलो पोर्सेल्ली आउनुअघि नै मन्त्रालयले वार्ताको वातावरण बनाउन उसका लागि पूर्वआंशिक माग सम्बोधन गर्न तयार भएको थियो।