• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

राउटेले लाए सरकारको कोट



काठमाडौं । हिक्मत नेपाली, आफुलाई बोटको राजा र गैर राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरीएको छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरीएको हो ।

प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र ग्रैहराउटेहरु सहभागि भए । माघीको चटारोमा रहेका फिरन्ते जाति राउटे समुदायका नागरिकको सिप र संस्कृति संरक्षण सहितको सामाजिकीकरण गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभियान थालेको हो ।

राउटे बस्तीमा सहभोजसँगै स्वास्थ्य शिविर संचालन गरिएको छ । चिसो मौषमसंगै समुदायका नागरिकहरुलाई संकमण देखिन थालेपछि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समुदायका बालबालिका देखि बृद्धबृद्धाहरुमा विभिन्न समस्या देखिएको बस्तीमा स्वास्थ्य परिक्षणका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा।लोकेन्द्र थापाले बताउनुभयो
बस्तीमा मन्त्रालयले ३ वटा सोलार जडान पनि गरेको छ । यस्तै राउटे बालबालिकालाई खेलौना, चामल वितरण गरेको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत तथा लैङ्गिक मुलप्रवाहिकरण शाखा प्रमुख अनिता ज्ञवालीले बताउनुभयो ।

समुदायमा सहभोज, स्वास्थ्य जाँच, खाद्यान्न वितरणसँगै राउटेलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । गत असारमा राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको दैलेखको गुराँस गाउँपालिकाले बस्तीमा पुगेर यहि पुस महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका १ सय ४५ जनालाई २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइएको हो । समाचार नेपाल समाचार पत्रमा छ ।