२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेले लाए सरकारको कोट



अ+ अ-

काठमाडौं । हिक्मत नेपाली, आफुलाई बोटको राजा र गैर राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरीएको छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरीएको हो ।

प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र ग्रैहराउटेहरु सहभागि भए । माघीको चटारोमा रहेका फिरन्ते जाति राउटे समुदायका नागरिकको सिप र संस्कृति संरक्षण सहितको सामाजिकीकरण गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभियान थालेको हो ।

राउटे बस्तीमा सहभोजसँगै स्वास्थ्य शिविर संचालन गरिएको छ । चिसो मौषमसंगै समुदायका नागरिकहरुलाई संकमण देखिन थालेपछि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समुदायका बालबालिका देखि बृद्धबृद्धाहरुमा विभिन्न समस्या देखिएको बस्तीमा स्वास्थ्य परिक्षणका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा।लोकेन्द्र थापाले बताउनुभयो
बस्तीमा मन्त्रालयले ३ वटा सोलार जडान पनि गरेको छ । यस्तै राउटे बालबालिकालाई खेलौना, चामल वितरण गरेको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत तथा लैङ्गिक मुलप्रवाहिकरण शाखा प्रमुख अनिता ज्ञवालीले बताउनुभयो ।

समुदायमा सहभोज, स्वास्थ्य जाँच, खाद्यान्न वितरणसँगै राउटेलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । गत असारमा राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको दैलेखको गुराँस गाउँपालिकाले बस्तीमा पुगेर यहि पुस महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका १ सय ४५ जनालाई २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइएको हो । समाचार नेपाल समाचार पत्रमा छ ।




भर्खरै