७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति भारत भ्रमणमा



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा २७ पुसमा भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाका स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति थापा भारत जान लागेका हुन् । उनी २ माघमा स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।
सेनाको नेतृत्व सम्हालेपछि प्रधानसेनापति थापाको यो पहिलो औपचारिक भारत भ्रमण हो । थापालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधिसमेत दिइने बुझिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले २७ पुसमा थापालाई भारतीय सेनाको महारथीको दज्र्यानी प्रदान गर्नेछन् ।
भ्रमणका क्रममा उनले रक्षामन्त्री निर्मला सीतारमणसँग समेत भेट्ने बताइएको छ ।