२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको निर्णय प्रति बारको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ ।

बारले प्रधानन्यायाधीश राणाले गरेका गैरकानूनी निर्णय तत्काल फिर्ता लिई स्वतन्त्र न्यायपालिकाको रक्षा, मानवअधिकारको सम्मान, विधिको शासन र न्यायको अनभूति दिलाउने माग गरेको छ ।

न्यायको धरोधर र आस्थाको केन्द्रका रुपमा रहेको न्यायपालिका र संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशले कतैबाट पनि दबाब र प्रभाव पर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै