२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमाथि हातपात, बालबाल बचे मन्त्री



अ+ अ-

काठमाडौँ । बनमन्त्री शक्तिबहादुर बस्नेतलाई जनयुद्धकालीन उनका सहयोद्धा अमृत नामका पूर्व घाइते लडाकुले हातपातको प्रयास गरेको समाचार छ ।
जनयुद्धको घाइते अमृत बनमन्त्रीको गृहजिल्ला जाजरकोटका हुन् । जवानी जनयुद्धमा सकेका अमृत रोजगारीको खोजीमा काठमाडौं आएका थिए । जिल्ला निवासी तथा चीरपरिचित नेता शक्तिबहादुर बस्नेतलाई भेट्न मन्त्री क्वार्टर हरिहर भवन पुगेका उनलाई मन्त्री बस्नेतले रेस्पोन्स नगरेपछि विवाद भएको मन्त्री क्वार्टर स्रोतले बताएको छ । साँघु साप्ताहिकमा यो सनाचार छ ।

‘हामीले जनयुद्ध लडेर गणतन्त्र ल्याउने तपाई मोज गर्ने ? जनयुद्धका अपाङ्ग घाइतेहरुको व्यवस्थापन नगर्ने भन्दै अमृतले मन्त्रीलाई थर्काएपछि भएको भनाभन अमृतले मन्त्री बस्नेतलाई आक्रमण गर्न खोज्दा मन्त्रीका भतिजा अरुण र मुक्ति बस्नेतले बचाव गरेको बताइएको छ ।

अरुण मुक्तिले अमृतलाई नियन्त्रणमा लिएपछि बनमन्त्री शक्ति बस्नेत कुटाइ खानबाट जोगिएको मन्त्री क्वार्टर स्रोतले बतायो । सिंहदरबारमा तत्कालीन माओवादी पृष्ठभूमिका मन्त्रीहरुमा जनयुद्धका पूर्व लडाकुहरुको त्रास बढेको छ ।

दुई तिहाईको सरकारले पनि जनयुद्धका घाइते,अपाङ्ग र घारबारविहीनहरुको व्यवस्थापन नगरेकोले पूर्व लडाकुहरु मन्त्रीहरुमाथि रिस पोख्ने भन्ने दाउमा रहेको पाइन्छ । स्रोतले भन्यो– ‘आर्थिक सहायताको अपेक्षा राख्दै दैनिक दर्जन बढी पूर्व माओवादी लडाकुहरु सिंहदरबार पुग्ने गर्छन् ।’




भर्खरै