२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि आक्रमणको खतरा, सुरक्षा व्यवस्था कडा !



अ+ अ-

काठमाडौँ । नेपालको सबैभन्दा सुरक्षित प्रशासनिक केन्द्र सिंहदरबारमा बस्छन् गृहमन्त्री रामबहादुर थापा बादल । सिंहदरबारलाई चारै तिरबाट नेपाली सेनाको पहरा छ । अझ सिंहदरबार परिसरको उत्तर दिशामा हतियारधारी सुरक्षाकर्मी चौबिसै घण्टा तैनाथ रहन्छन् तर पनि गृहमन्त्री रामबहादुर थापा बादललाई असुरक्षा महसुस भइरहेको चर्चा गृहमन्त्रालयमा चलेको छ ।

‘आखिर गृहमन्त्री बादलमाथि कसले आक्रमण गर्ने दाउ खोजिरहेको छ’ सिंहदरबारभित्र जिज्ञासाको विषय बनेको छ । सिंहदरबारभित्र छिर्न सर्वसाधरणलाई कठिन छ । त्योभन्दा कठिन अहिले सिंहदरबारभित्रको गृहमन्त्रालयमा छिर्न छ । सर्वसाधारण पत्रकार वा सरकारी कर्मचारी जोसुकै भए पनि कडा सुरक्षा जाँच पछि मात्र गृहमन्त्रालयभित्र प्रवेश गर्न सकिन्छ ।

मन्त्रीमाथि आक्रमणको खतरा हुने खुफिया खबर पाएपछि गृहमन्त्रालयको प्रवेशद्वारमै मेटल डिटेक्टर डोर राख्न लगाइएको छ भने मूल गेटमै सईको ड्युटीमा महिला कर्मचारी समेत रहनेगरी एक सेक्सन खटाइएको छ । पहिले मूल गेटमा एकजनाको मात्र ड्युटी रहने गरेकोमा अहिले ठूलै तामझामको सुरक्षा व्यवस्था देख्दा लाग्छ गृहमन्त्रीलाई ठूलै खतरा रहेको साँघु साप्ताहिकमा समाचार छ ।

२०७५ मंसिर ५ गते कालिकोट घर भएका पूर्व जनमुक्ति सेनाका घाइते लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रीको कार्यकक्षमै विष सेवन गरी आत्मदाहको प्रयास गरे । जनयुद्धमा लडेर घाइते भएका भट्टराईले जीविकोपार्जन गर्न कठिन भो आर्थिक सहायता उपलब्ध गराई पाउँ भनि गृहमा दिएको निवेदनमाथि कुनै सुनुवाई नहुँदा उनले गृहमन्त्रीको सामुन्ने नै आत्मदाहको प्रयास गरेका थिए ।




भर्खरै