७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महरा बिरुद्द कांग्रेसले लियो यस्तो एक्सन, अब के गर्छन् महरा ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा राखेका भनाई प्रति सभामुख कृष्ण बहादुर महराले गलत कदम चालेको भन्दै संसद अबरुद्ध गर्ने भएको छ ।


आईतबार संसदमा सभामुख महराले सिमित संख्यामा मात्र बोल्नुपर्ने र समय जम्मा १ मिनेट छुट्याउने बताएपछि उनीहरु थप आक्रोशित बनेका हुन्। कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेपछि संसद भबन तनावग्रस्त भएको थियो।

प्रधानमन्त्रीसँग प्रश्न गर्न समिति सांसदका लागि मात्र १ मिनेट समय मात्रै छुट्याइएको भन्दै आक्रोशित बनेका कांग्रेस युवा नेता गगन थापासहित अन्य सांसदहरु रोष्टम घेर्न पुगेका थिए । उनिहरुले बिराध गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

त्यसपछि बैठकमा सहमति जुटाएर सदनको कार्वाही अगाडी बढाउने प्रयास गरिएपनि कांग्रेसले आफ्नो अडान यथावत राखेपछि सूचना टाँस गरि बैठक आगामी बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

बैठकबाट निस्किने क्रममा संचारमध्यमसँग कुरा गर्दै कांग्रेस सांसद गगन कुमार थापाले संसदभित्र सभामुख महराको हुकुमी शैली भएको भन्दै तत्काल यस्तो गलत कदम सच्याउन आग्रह गरेका थिए।

सांसद थापाले सभामुखको कदम गलत र एकपक्षिय भएको भन्दै उक्त कदम नसच्चिएसम्म सदनको काम कार्वाही अघि बढ्न नदिने चेतावानी दिएका छन्।