२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीः आमासहित दुई छोराछोरी मृत फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

मलंगवा । आइतबार बिहान सर्लाहीको बरहथवा नगरपालिकामा आमा र उनका दुई छोराछोरी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । 

बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

प्रहरीका अनुसार आमाको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको रछोरी र छोरा पनि सोही घरभित्र भुईंमा लडिरहेको अवस्थामा फेला परेका छन् । 

तीन जनामात्रै रहेको घरमा सबै मृत अवस्थामा भेटिएको हो। छेउछाउमा कुनै शंकास्पद वस्तु पनि नभेटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।