७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र स्वारेज चम्केपछि बार्सिलोनाको सहज जित



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आफ्नो दबदन्वा कायमै राखेको छ ।

सोमबार मध्य राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा स्वारेजले दास्रो गोल गरेका थिए। तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन ।

जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ ।