२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा: रियल मड्रिडको लज्जास्पद हार,एथ्लेटिको र सेभिया बराबरी



अ+ अ-

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमै दबाबमा आएको रियल मड्रिड खेलको दोस्रो हाफमा भने थप दबाबमा आएको थियो ।

खेलको ६१औं मिनेटमा रियल मड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल मड्रिड झनै दबाबमा आएको थियो । खेलको ८३औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए ।

हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।

एथ्लेटिको र सेभियाको बराबरी

प्रतियोगिता अन्तर्गत आइतबार राति नै सम्पन्न अर्को महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिड र सेभियाले एक–एक गोलको बराबरी खेलेका छन्।

एथ्लेटिकोको लागि ग्रीजम्यानले गोलगर्दा सेभियाका लागि विसाम बेन यदरले गोल गरे। बराबरीबाट एक–एक अंक बटुलेको एथ्लेटिको लिगमा ३५ अंकसहित दोस्रो स्थानमा छ भने सेभिया ३३ अंकसहित तेस्रो स्थानमा छ।




भर्खरै