![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/real.jpg)
काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।
आइतबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमै दबाबमा आएको रियल मड्रिड खेलको दोस्रो हाफमा भने थप दबाबमा आएको थियो ।
खेलको ६१औं मिनेटमा रियल मड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल मड्रिड झनै दबाबमा आएको थियो । खेलको ८३औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए ।
हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।
एथ्लेटिको र सेभियाको बराबरी
प्रतियोगिता अन्तर्गत आइतबार राति नै सम्पन्न अर्को महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिड र सेभियाले एक–एक गोलको बराबरी खेलेका छन्।
एथ्लेटिकोको लागि ग्रीजम्यानले गोलगर्दा सेभियाका लागि विसाम बेन यदरले गोल गरे। बराबरीबाट एक–एक अंक बटुलेको एथ्लेटिको लिगमा ३५ अंकसहित दोस्रो स्थानमा छ भने सेभिया ३३ अंकसहित तेस्रो स्थानमा छ।