१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीः आमासहित दुई छोराछोरी मृत फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

मलंगवा । आइतबार बिहान सर्लाहीको बरहथवा नगरपालिकामा आमा र उनका दुई छोराछोरी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । 

बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

प्रहरीका अनुसार आमाको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको रछोरी र छोरा पनि सोही घरभित्र भुईंमा लडिरहेको अवस्थामा फेला परेका छन् । 

तीन जनामात्रै रहेको घरमा सबै मृत अवस्थामा भेटिएको हो। छेउछाउमा कुनै शंकास्पद वस्तु पनि नभेटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।