१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ परियोजना एकैसाथ अघि बढ्ने



अ+ अ-

गोदावरी । गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् । गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही समयपछि शुरु गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख डा अष्टमान किसी महर्जनले भन्नुभयो, “ वातावरणीय प्रभाव न्यूनीकरणको विश्लेषण अध्ययन अन्तिम चरणमा पुगेको छ, वन क्षेत्रमा पर्ने प्रभावको अध्ययन समाप्ति भएसँगै हामी आठ वटा परियोजना एकैसाथ अघि बढाउने छौँ ।”

फूल्चोकीको वन ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पच्चीस हेक्टर क्षेत्रफलमा उक्त आठ योजना सञ्चालन हुनेछ । तीन हेक्टर जमीनमा नौधारा मन्दिर अगाडि सांस्कृतिक सङ्ग्रहालय तथा बालउद्यान निर्माण, छ हेक्टरमा गोदावरी फूल्चोकी केबुलकार, दुई हेक्टरमा देउराली डाँडामा शहीद उद्यान, पाँच हेक्टरमा होटल तथा रिसोर्ट र तीन हेक्टर, बुद्धस्तूपा, दुई हेक्टरमा प्याराग्लाइडिङ निर्माण, दुई हेक्टरमा चापाखर्क र लाखेडाँडामा गुम्बा निर्माण र दुई हेक्टरमा दृश्यावलोकनस्तम्भका लागि जमीन प्रयोग हुने महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रमले गोदावरीको फूल्चोकीमा नौ योजना सम्पन्न गर्दा कूल दुई अर्ब अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरेको छ । “फूल्चोकीमा होटल तथा रिसोर्ट निर्माणमा फूल्चोकी एकीकृत विकास कार्यक्रमले रु २५ लाख, बालोद्यान र त्यहाँको व्यवस्थामा रु दुई लाख, तीन स्थानमा दृश्यावलोकनस्तम्भमा रु दुई लाख, पर्यटक प्रतीक्षालयमा रु पाँच लाख, सांस्कृतिक सङ्ग्रहालय निर्माणमा रु पाँच लाख, स्तूपमा रु पाँच लाख, पानी वितरणमा रु तीन लाख, पर्यटक सूचना केन्द्रमा रु दुई लाख र फूल्चोकीमा यातायात सञ्चालन गराउन रु तीन लाख अष्ट्रेलियन डलर खर्च हुनेछ ।”

नौ परियोजना निर्माण सम्पन्न गर्न नेपाल, अष्ट्रेलिया र चीन सरकार तथा गोदावरी नगरपालिका र गोदावरीको पर्यावरण मञ्चको कोषमा रहेको रकम खर्च हुने महर्जनले जानकारी दिनुभयो ।
रासस