५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

के ब्रहिमले रियल मड्रिडमा रोनाल्डाको ठाउँ लिन सक्लान त ?



अ+ अ-

स्पेनिस जायन्ट्स रियल मड्रिडले म्यानचेस्टर सिटीका १९ वर्षिया यूवा खेलाडी ब्रहिम डियाज अनुबन्ध गरेको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा डियाजले आफूले सोचेजस्तो नभएपछि उनले सिटी छाडेका हुन्।

उनी सिटीबाटै राम्रो गर्न चाहान्थे। तर अधिकाँश समय उनलाई बेन्चमै राखियो। ब्रहिम यूवा खेलाडीमध्ये अट्याकिङ मिडफिल्डरको स्थानमा चर्चित नाम हो।

आइतबार मड्रिडले ब्रहिमलाई सन् २०२५ अर्थात ६ वर्षका लागि अनुबन्ध गरेको घोषणा गरेको हो। उनको ट्रान्सफर फिका बारेमा केही खुलाइएको छैन।

यद्यपी १७ मिलियन यूरोमा उनी मड्रिड गएको समाचारहरु स्पेनबाट प्रकाशित भएका छन्। आज सोमबार डियाजको मेडिकल चेकअप हुनेछ।

रियल मड्रिड यतिबेला संकटमा गुज्रिरहेको छ। रोनाल्डोले छाडेपछि मड्रिड इतिहासमै पहिलो पटक यस सिजन कमजोर बनेको छ।

आइतबार रातिमात्र मड्रिड रियल सोसियाड्याडसँग २–० ले घरेलु मैदानमै पराजित भयो। लिगमा मड्रिड पाँचौ स्थानमा छ।

रोनाल्डोको वहिर्गमनपछि सिजनको सुरुवातमा मड्रिडले रोनाल्डोको ७ नंवरे जर्सी मारियानो डियाजलाई दिएको थियो। तर मारियानोले क्लबमा राम्रो पर्दशन गर्न सकेका छैनन्।

अन्य अनुभवी खेलाडीको प्रदर्शनपनि चिन्ताजनक छ। यस्तो अवस्थामा जनवरी ट्रान्सफरमा मड्रिडको रोजाइमा ब्रहिम डियाज परेका छन्। मड्रिडले उनको आगमनले क्लबले लय पक्रने विश्वास गरेका छन्।

ब्रहिम डियाजबारे जानकारी

सन् २०१५ मा म्यानचेस्टर सिटी आउनुभन्दा अगाडि ब्रहिम मालागाबाट खेल्दथे। उनलाई सिटीले १६ वर्षको उमेरमा २ लाख पाउण्डमा अनुबन्ध गरेको थियो।

उनले सन् २०१६, सेप्टेम्बर २१ का दिन डेब्यू खेलमै गोल गरेका थिए। वैकल्पिक खेलाडीको रुपमा ८० औं मिनेटमा मैदान प्रवेश गरेका ब्रहिमले इएफएल कपमा स्वान्सी सिटी विरुद्ध गोल गरेसँगै उनले चर्चा कमाएका थिए।

त्यसको पाँच दिनमै सिटीले उनलाई सन् २०१९ सम्मका लागि अनुबन्ध गरेको थियो। सन् २०१७ जुलाई २७ मा उनले रियल मड्रिड विरुद्ध इन्टरनेसनल च्याम्पियन्स कपमा मैत्रीपूर्ण खेल खेल्ने मौका पाए।

त्यसबेला समेत उनी वैकल्पिक खेलाडीको रुपमा मैदान गएका थिए। सिटीले ४–१ ले जित्दा ब्रहिमले अन्तिम गोल गरेका थिए। त्यसबेला देखिनै ब्रहिम मड्रिडको रोजाइमा परेको बुझिएको छ।

यस्तै ब्रहिमले न्यूक्याश्चल र चेल्सी विरुद्धपनि गोल गरेका छन्। अधिकाँश समय बेन्चै रहने ब्रहिमले गत अगष्टमा अन्तिम १५ मिनेटमा मैदान प्रवेश गर्दा चेल्सी विरुद्ध एक्लैले २ गोल गरेका थिए। एजेन्सी