• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता ★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ ★   टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका ★   सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे

मानिसको कर्म र उसको व्यक्तिगत सम्बन्धहरू फरक कुरा हुन्



भगवान कृष्णको पनि निजी सम्बन्ध जटिल थियो। रामको पनि वैवाहिक सम्बन्ध निरासाजनक रह्यो। बुद्ध पनि पारिवारिक सम्बन्ध व्यवस्थापनमा कमजोर नै ठहरिए। नेल्सन मण्डेला, अब्राहम लिंकनजस्ता महामानवहरूको पनि बहुविवाहका उदाहरण छन्।

नरेन्द्र मोदि विवाह भएपनि राजनीतिक भविष्य सुनिश्चितताका लागी पत्नीसँग अलग बसेका हुन्। डोनाल्ड ट्रम्प, इमरान खान आदि चर्चीत नेताहरूको पनि शुरूवाती वैवाहिक सम्बन्ध असफल रहेको तथ्य छ। मनिषा कोइराला, रेखा थापा, प्रियंका कार्की आदि नायिकाहरूको पनि वैवाहिक सम्बन्ध दिगो रहेन।

भन्न खोजिएको कुरा के हो भने मानिसको कर्म र उसको नितान्त व्यक्तिगत सम्बन्धहरूको व्यवस्थापन फरक कुरा हुन्। कोहि सामाजिक सम्बन्ध कसिलो बनाउँदा बनाउँदै पारिवारिक सम्बन्ध मजबुत बनाउन चुक्छन्। कोहि राजनीतिक शक्ति र सार्वजनिक ख्याती पाउँदा पाउँदै पनि निजी जीवन अँध्यारोमा गुजारिरहेका हुन्छन्।

कोहि कसैलाई वैवाहिक र पारिवारिक सुखमा रूमल्लिँदा सामाजिक प्रतिष्ठा र ख्यातीमा आकर्षण रहँदैन। यसर्थ सार्वजनिक छवि भएका व्यक्तिहरूलाई उनीहरूको कर्मबाट नै मुल्यांकन गर्दा वेश होला कि।

#शुरेस बडालको वालबाट