२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्लो सरकारका कर्मचारीको गुनासो: हामी बेरोजगार भयौँ



अ+ अ-

काठमाडौ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा प्रशासनिक कामहरु अवरुद्ध भएको छ।

सिंहदरबारमा रहेको नेपाल बिधुत प्राधिकरणको ट्रान्सफर्मर पड्किदा सिंहदर र सिंहदरवार आसपास बिधुित सेवा अबरुद्ध भएको हो । बिधुतिय सेवा अबरुद्धहुदाँ यसको प्रभाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको छ। प्रधानमन्त्री कार्यालयबाट संचालन हुने हेलो सरकारका सम्पूर्ण काम कारवाही विद्युत आपूर्ती अवरुद्ध हुँदा रोकिएको उपसचिव प्रद्युम्न उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले ट्विट गर्दै लेखेका छन्, ‘आज सिंहदरबारभित्र ट्रान्सफर्मर पड्केर बत्ती छैन। गुनासा हेर्न, सम्बोधन गर्न पाइएको छैन। हेलो सरकार पूरै ईगभर्नेन्समा गइसकेकाले बत्ती बिना हेलो सरकार टीम बेरोजगार भएको छ।’

सोमबार संसद सचिवालय, नेपाली सेनाको ब्यारेक नजिक र सिंहदरबार वृत्त नजिक गरी तीन ठाँउका ट्रान्सफर्मर एकैपटक पड्किएका थिए।