५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा विकास बैंकको सूचीकरण रोक्का



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ । 

स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे’ प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवलाई ध्यानाकर्षण गराइसके पनि उक्त बैंकले त्यसलाई उल्लङ्घन गरेको जनाएको हो । 

नगद लाभांश, लाभांश शेयर, हकप्रद शेयर वा थप निष्कासनसम्बन्धी सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि त्यस्तो व्योहोरा पत्रमा उल्लेख गरेको नपाइएको स्टकको भनाइ छ । 

यस्तै कम्पनीको सूचनामा लाभांश दिन लागिएको सम्बन्धित आर्थिक वर्ष तथा दाखिला खारेज बन्द मिति, अनुपात तथा शेयर कित्ता वा रकम समेत खुलाउनुपर्ने व्यवस्था भए पनि उक्त व्योहोरा उल्लेख नगरेको पाइएको छ । 

यस्तै सङ्गठित संस्थाले लाभांश वा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम रहेका शेयरधनीले त्यस्तो लाभांश, हकप्रद शेयर पाउने हो सोसम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोवार शुरु हुनु अघि नै स्टकलाई दिनुपर्नेमा त्यसो नगरेको पाइएको छ । उक्त बैंकले आइतबारको मिति राखी सोमबार मात्र स्टकमा जानकारी गराएको थियो । 

धितोपत्र सूचीकरण विनियमाली, २०७५ को १६ बमोजिम अर्को निर्णय नभएसम्म सूचीकरण स्थगन गरी कम्पनीको भनाइ पेश गर्न २४ घण्टाको समायावधि दिइएको नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले जानकारी दिनुभयो ।