२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा विकास बैंकको सूचीकरण रोक्का



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ । 

स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे’ प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवलाई ध्यानाकर्षण गराइसके पनि उक्त बैंकले त्यसलाई उल्लङ्घन गरेको जनाएको हो । 

नगद लाभांश, लाभांश शेयर, हकप्रद शेयर वा थप निष्कासनसम्बन्धी सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि त्यस्तो व्योहोरा पत्रमा उल्लेख गरेको नपाइएको स्टकको भनाइ छ । 

यस्तै कम्पनीको सूचनामा लाभांश दिन लागिएको सम्बन्धित आर्थिक वर्ष तथा दाखिला खारेज बन्द मिति, अनुपात तथा शेयर कित्ता वा रकम समेत खुलाउनुपर्ने व्यवस्था भए पनि उक्त व्योहोरा उल्लेख नगरेको पाइएको छ । 

यस्तै सङ्गठित संस्थाले लाभांश वा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम रहेका शेयरधनीले त्यस्तो लाभांश, हकप्रद शेयर पाउने हो सोसम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोवार शुरु हुनु अघि नै स्टकलाई दिनुपर्नेमा त्यसो नगरेको पाइएको छ । उक्त बैंकले आइतबारको मिति राखी सोमबार मात्र स्टकमा जानकारी गराएको थियो । 

धितोपत्र सूचीकरण विनियमाली, २०७५ को १६ बमोजिम अर्को निर्णय नभएसम्म सूचीकरण स्थगन गरी कम्पनीको भनाइ पेश गर्न २४ घण्टाको समायावधि दिइएको नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले जानकारी दिनुभयो ।