• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : अध्यक्ष प्रचण्ड



चितवन . पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ ।

पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।”

अध्यक्ष दाहालले भन्नुभयो,“राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।” जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताउनुभयो । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पु¥याउन लागिएको उहाँले बताउनुभयो । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उहाँले बताउनुभयो ।

सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, रामलाल महतो, रीना गुरुङ्, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ति नगरपालिका प्रमुख प्रभा बराल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्, रत्ननगर नगरपालिका उपप्रमुख बिमला दुवाडी लगायतले बोल्नुभएको थियो । सो अवसरमा जिल्लाका एक महानगरपालिका, चार नगरपालिका र एक गाउँपालिकाका प्रमुख एवं उपप्रमुखसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका तर्फबाट सम्झौता गरिएको थियो । सम्झौतामा स्थानीय तह र प्राधिकरणले गर्ने कामका विषयमा ११ बुँदे समझदारी गरिएको छ ।

बैठकमा हालसम्म प्राधिकरणले जिल्लामा गरेका कामका विषयमा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुली र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका आयोजना व्यवस्थापक पुष्करप्रसाद पोख्रेलले प्रकाश पार्नुभएको थियो । गोर्खा भूकम्पले जिल्लाका सात हजार ३३५ घरधुरीमा क्षति पुया{एको थियो ।