![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/neta.jpg)
प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कालोमोसो दलिएको छ ।
पूर्व एमालेबाट निर्वाचित मेयर नेत्रबहादुर रोकायलाई विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेको हाे ।
जिल्लाकै भ्रष्ट मेयर भन्दै रोकायलाई नेकपाले कालोमोसो दलेको विप्लवले जनाएको छ । उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई गरि आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेकाे आरोप मेयर रोकायलाई लगाइएको छ ।
मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति निकाल्दै जनतामाथि अनावश्यक कर थोपरेको आरोप पनि नेकपाले लगाएको छ । नेकपाले रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।