१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’



अ+ अ-

पोखरा। गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको र व्यावसायिक, राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय बन्दै गएको बताउनुभयो । उहाँले व्यावसायिक क्षेत्रमा महिलाको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यावसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको जानकारी गराउनुभयो । यसका लागि चालु आर्थिक वर्षको जीवनरक्षा कोषमा रु एक अर्ब राखिएको उहाँको भनाइ छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध सङ्घसंस्थाले महिला जागरणसम्बन्धी तालिम समय–समयमा गरिराख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको रक्यान्सरपीडितका लागि नेपाल सरकारले रु एक लाख र गण्डकी प्रदेश सरकारले रु ५० हजार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाले मात्र रोजगारी पाएको बताउनुभयो । महिला आफँै जाग्नुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभयो । सङ्घ महिला उद्यम विकास समिति संयोजक मुना बाँस्तोला व्यवसायमा महिलालाई अझै पनि थुप्रै चुनौती रहेको महिलामैत्री वातावरण अभावमा महिला नेतृत्वमा पुग्न र व्यावसायिक छवि बनाउन अझै समस्या देखिएको बताउनुभयो । 

पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलालाई सुरक्षित वातावरण बनाउनुपर्ने बताउनुभयो । महिलाका अधिकार र मुद्दालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हीरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।