२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको पोस्टमा आधा दर्जन गोल हानेर च्यासल क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौँ । च्यासल युथ क्लब धनगढीमा जारी तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा बिहीबार भएको खेलमा दिल्लीलाई ६० को अन्तरले पराजित गर्दै च्यासलले अन्तिम आठमा स्थान बनाएको हो।

खेलको १४औं मिनेटमा एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाएका थिए। ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो।

६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडी बढाए। ७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडी बढ्यो इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए। खेलको ’म्यान अफ द म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।

च्यासलले अब क्वार्टर फाइनलमा रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ। प्रतियोगितामा शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ।