५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ गाडीमा बह्मलुट : एउटै गाडीको फरक–फरक मूल्य



अ+ अ-

काठमाडौं । प्रदेश ५ मा संसद् र मन्त्रालयले एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको भेटिएपछि लेखा समितिले छानबिन थालेको छ । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मूल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो ।

प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गाडीको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइसकेका छन् । अन्य फाइल आज (शुक्रबार) आइपुग्ने र दिउँसो बस्ने समिति बैठकमा पेस गरिने समिति सभापति डिल्ली चौधरीले बताए । समितिले उपसमिति बनाएर पनि अध्ययन गर्ने सक्ने उनको भनाइ छ ।

प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।