५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनको समस्या



अ+ अ-

खजुरा । बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ ।

पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको आगामी दिनको कार्य योजना तथा व्यवस्थापनमा सुधार ल्याइने नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले बताएका छन् ।

मानव बेचबिखन गम्भीर फौजदारी अपराध हो । मानिसलाई किन्ने वा बेच्नेलाई नेपालको कानूनले २० वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजाने र कारोवार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने कानून व्यवसायी अधिवक्ता वसन्त गौतमले बताए ।

मानव बेचबिखनमा प्रायः महिला तथा बालबालिका नै पर्ने गर्दछन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाले पनि महिला र बालबालिकाकै विषयमा काम गर्ने हुनाले मानव बेचबिखन नियन्त्रणमा यो शाखाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उक्त शाखाले मानव बेचबिखन नियन्त्रणका लागि योजना बनाइरहेको उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले बताए ।

नेपालमा मानव बेचबिखनको सवाल जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । राष्ट्र र महिला दिदीबहिनीको इज्जत र अस्मितासँग जोडिएको यो सवाल राजनीतिको प्रमुख मुद्दा बन्न नसकेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । मानव बेचबिखनको प्रभावकारी व्यवस्था नहुँदा वर्षेनी सयौँ नेपालीले समस्या झेल्दै आएका छन् ।




भर्खरै