१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन : बन्दसत्र सुरु गर्ने तयारी, सुरक्षा सतर्कता बढाइयो



अ+ अ-

सौराह । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र झण्डै ११ घण्टा पछि राति नौ बजे सुरु हुने तयारी भएको हो ।

पदाधिकारी र केन्द्रीय समितिका सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि सहमति खोज्न भन्दै दिनभर नेताहरुबीच छलफलका कारण बन्दसत्र निर्धारित समयमा सुरु भएको थिएन । बन्दसत्र सुरु हुने तयारी पछि अधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 घुमघाममा रहेका होटलमा बसेका प्रतिनिधिहरु सुरक्षा जाँच गर्दै बन्दसत्र स्थलमा प्रबेश गरेका छन् ।