१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफन्तलाई जागिर नदिएको भन्दै यी मन्त्रीले सचिवलाई हाने झापड, सभामुख हेरेको हेरै



अ+ अ-

जनकपुर । आफ्नो आफन्तलाई जागिर नदिएको भन्दै मन्त्रीले सचिवमाथि झापड हानेका छन् ।

गरीबी निवारण कोषको कार्यक्रम आफन्तलाई जागिर नदिएको भन्दै प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरेका छन् ।

मन्त्री यादवले मन्त्रालयमा कुराकानी गर्न उपस्थित भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका हुन् ।

सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रिको कार्यकक्षमै उपस्थित थिए ।

झापड खाएपछि सचिव झालाई प्रहरी निरीक्षक बडाबाबु शाहको साथमा जिम्मा लागाउदै भ्यानमा राखेर लगेका थिए ।

तर, मन्त्री यादवले भने आफूले सचिव झालाई नकुटेको दाबी गरेका छन् ।